भारत र पाकिस्तानबीच म्याचमा वर्षाले वाधा पुऱ्याउने सम्भावना

IMG-20260214-WA0064

कोलम्बो: भारत र पाकिस्तानबीच टी२० वर्ल्ड कपको म्याच खेलिन अब केवल एक दिन बाँचेको छ। लामो चलेको वाद-विवादपछि अन्तमा गएर आइतवार यी दुई चीरप्रतिद्वन्द्वी टीमबीच भिड़न्त हुनेछ। गत वर्ष एशिया कपको फाइनलपछि यी दुई टीमबीच पहिलोपल्ट भिड़न्त हुनेछ। म्याच कोलम्बोको आर प्रेमादासा स्टेडियममा खेलिनेछ तर म्याचको दिन कोलम्बोमा भारी वर्षाको चेताउनी जारी गरिएको हुनाले प्रशंसकहरूको चिन्ता बढ़ेको छ। श्रीलंकाको मौसम विभागले आइतवार भारी वर्षाको अनुमान व्यक्त गरेको छ। मौसम विभागले बताएअनुसार, बंगालको खाड़ीमाथि निम्न चाप रहेको छ अनि त्यसले गर्दा भारत र पाकिस्तानबीच म्याचको दिन भारी वर्षा हुन सक्छ। मौसम विभागको पूर्वानुमान अनुसार, कोलम्बोमा दिनको शुरुवातमा चरम आद्रता रहनेछ अनि तापमान ३० देखि ३१ डिग्री सेल्सियसबीच रहनेछ। यसरी दिउँसो आँधीको साथ भारी वर्षा हुने ५० देखि ७० प्रतिशत सम्भावना रहेको छ। भारत र पाकिस्तानबीच म्याच राति ७ बजीदेखि शुरु हुनेछ अनि म्याच अघि नै वर्षा हुने सम्भावना छ। यस्तो भए टस ढिलो गरी हुने या ओभरहरूको संख्यामा कटौती हुने सम्भावना छ। म्याच अघि वर्षा हुने सम्भावना भए पनि राति ८ बजीदेखि मौसम सफा रहने पनि अनुमान छ। बीच-बीचमा हल्का-हल्का वर्षा हुनसक्छ। आर प्रेमादासा स्टेडियमको ड्रेनेज सिस्टम असल रहेको हुनाले वर्षाको स्थितिमा पनि मैदानकर्मीहरूले चाँँड़ै मैदान तयार गर्न सक्नेछन्। स्टेडियममा पीच मात्र नभएर पूरा मैदानलाई नै कवर्सले छोप्ने सुविधा रहेको छ।

About Author

Advertisement