भारतीय सेनाको पूर्वी कमानमा नयाँ नेतृत्व, लेफ्टिनेन्ट जनरल कृष्णनद्वारा जिम्मेवारी सम्हाल

WhatsAppImage2026-04-01at4.38.27PMSFAW

कोलकाताः वीएमबी कृष्णन ले भारतीय सेना को पूर्वी कमानको जनरल अफिसर कमान्डिङ-इन-चीफ (जीओसी-इन-सी) को जिम्मेवारी सम्हालेका छन्। उनले उक्त पद आरसी तिवारी बाट ग्रहण गरेका हुन्।
सन् १९८८ मा सेनामा प्रवेश गरेका कृष्णनसँग करिब चार दशक लामो सैन्य अनुभव रहेको छ। उनले सियाचिनजस्ता दुर्गम क्षेत्रमा इन्फ्यान्ट्री बटालियन र ब्रिगेडको नेतृत्व गरेका छन् भने विभिन्न रणनीतिक तथा प्रशासनिक पदहरूमा पनि काम गरिसकेका छन्।
उनी डोगरा रेजिमेन्ट र डोगरा स्काउट्स का कर्नलसमेत हुन्। साथै, काउण्टर इन्सर्जेन्सी एन्ड जंगल वारफेयर स्कूलका कमाण्डेन्टका रूपमा पनि उनले काम गरिसकेका छन्।
जिम्मेवारी सम्हालेपछि उनले वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्वी क्षेत्रमा उच्च सतर्कता, प्रविधि एकीकरण र समन्वयलाई प्राथमिकता दिने बताएका छन्।

About Author

Advertisement