भारतीय राजदूत निमन्त्रणा गल्फ प्रतियोगिता २०२५: भारत-नेपाल मित्रताको नयाँ आयाम

IMG-20250308-WA0413

काठमाडौँ(देवेन्द्र किशोर ढुङगाना): काठमाडौंस्थित भारतीय दूतावासले गोकर्ण फरेस्ट रिसोर्टमा भव्य कार्यक्रम “एम्बेसेडर इनभिटेसनल गल्फ प्रतियोगिता २०२५” आयोजना गरेको छ। यस विशेष अवसरमा प्रतिष्ठित गल्फ खेलाडीहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र गल्फ प्रेमीहरूको बाक्लो उपस्थिति थियो।
भारतका माननीय राजदूत नवीन श्रीवास्तवले प्रतियोगिताका विजेताहरूलाई बधाई दिए र सबै सहभागीहरूको जोस र उत्साहको प्रशंसा गरे। उनले यस कार्यक्रमलाई नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन महत्वपूर्ण कदम भएको बताए। आफ्नो सम्बोधनमा राजदूतले यस्ता खेलकुद कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालमा गल्फको प्रवद्र्धन हुने बताए।


युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ राजदूत श्रीवास्तवले नेपालका दुई उदीयमान गल्फरलाई जनही १००००००/- (एक लाख नेपाली रुपैयाँ) को चेक प्रदान गरे। यस पहलको उद्देश्य नेपालमा गल्फ समुदायलाई प्रेरित गर्नु र उदीयमान खेलाडीहरूलाई विकास गर्ने अवसर दिनु हो।


भारतीय राजदूतावास, काठमाडौंले प्रतियोगिताका सबै विजेताहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। यस प्रतियोगिताले खेलकुदको भावनालाई प्रोत्साहन मात्र होइन भारत–नेपाल मित्रतालाई पनि गहिरो बनाएको छ।

About Author

Advertisement