नयाँ दिल्ली: आईसीसी टी२० वर्ल्ड कप २०२६-मा भारत–पाकिस्तान म्याचलाई लिएर जारी विवादबीच टीम इण्डियाले आईसीसी प्रोटोकलको पालन गर्ने फसेला गरेको छ। पाकिस्तान सरकारले भारतविरुद्ध म्याच वहिष्कार गर्ने फसेला गरे पनि भारतीय टीम तय कार्यक्रम अनुसार श्रीलंका यात्रामा जानेछ अनि म्याच औपचारिक रूपले रद्द भइञ्जेलसम्म प्रतीक्षा गर्नेछ। एएनआई-को रिपोर्ट अनुसार, भारतीय टीमले श्रीलंका गएर तय समयमा अभ्यास गर्ने, पत्रकार सम्मेलनमा हिस्सा लिनेछ अनि म्याचको दिन स्टेडियममा पुगेर म्याच रेफरीको आधिकारिक फसेलाको प्रतीक्षा गर्नेछ। भारत र पाकिस्तानबीच म्याच १५ फरवरीमा कोलम्बोको आर. प्रेमादासा स्टेडियममा खेलिनु छ। पाकिस्तान क्रिकेट टीमलाई पाकिस्तान सरकारबाट टी२० वर्ल्ड कपमा हिस्सा लिने अनुमति हासिल भइसकेको छ तर टीमलाई भारतविरुद्ध म्याचमा हिस्सा नलिने निर्देश पनि दिइएको छ। यसैकारण यो हाई-भोल्टेज म्याच अनिश्चित बनेको छ। आईसीसीको नियमहरू अनुसार, म्याचको दिन पाकिस्तानका कप्तान सलमान अली आगा टसको निम्ति मैदानमा उपस्थित नरहे भारतलाई वक्ओवरको साथमा २ पोइण्ट्स पनि हासिल हुनेछ। यसले पाकिस्तानलाई नै नोक्सान हुनेछ।











