भारतीय खेलाड़ीहरूले हात नमिलाउँदा पाकिस्तान क्रिकेट बोर्डको नालिश

IMG-20250915-WA0131

दुबई: एशिया कप २०२५-मा भारतविरुद्ध निराशाजनक हारको सम्मुखीन भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले आफ्नो राग अलाप्न थालेको छ। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार खेलिएको म्याचमा भारतविरुद्ध ७ विकेटले हारको सम्मुखीन भएपछि पीसीबी-ले एशियाई क्रिकेट काउन्सिल (एसीसी)-मा नालिश दर्ता गरेको छ। पीसीबी-को भनाइअनुसार, भारतीय खेलाड़ीहरूले पाकिस्तानका खेलाड़ीहरूसँग हात नमिलाएर खेल भावनाको विपरीत काम गरेका छन्। वास्तवमा भारतका खेलाड़ीहरूले म्याचको शुरुवात मात्र नभएर म्याच समाप्त भएपछि पनि पाकिस्तानका खेलाड़ीहरूसँग हात मिलाएनन्। भारतीय खेलाड़ीहरूले मैदानमा पनि पाकिस्तानका खेलाड़ीहरूसँग कुनै कुराकानी गरेनन् अनि म्याच जितेपछि सीधै ड्रेसिंग रूममा फर्किए। यसलाई सांकेतिक वहिष्कार भनिएको छ। पीसीबी-ले आफ्नो बयानमा भनेको छ, टीम म्यानेजर नवीम चीमाले भारतीय खेलाड़ीहरूका हात नमिलाउने व्यवहारमाथि कड़ा विरोध दर्ता गरेका छन्। यसलाई खेल भावनाको विपरीत अनि असंयमी बताइएको छ। विरोध स्वरूप हामीले आफ्ना कप्तानलाई पोस्ट म्याच सेरेमनीमा पठाएनौं।
भारतीय कप्तान सूर्यकुमार यादवले म्याचपछि पत्रकार सम्मेलनमा यस फसेला टीमको सामूहिक निर्णय रहेको अनि यसको उद्देश्य पहलगाम आतंकी हमलाका पीड़ितहरू अनि उनीहरूका परिवार प्रति समर्थन देखाउने थियो। भारतीय कप्तानले भने, हामी यहाँ केवल खेल्न आएका थियौं। हामीले पाकिस्तानलाई सही जवाफ दियौं। केही कुराहरू खेल भावनादेखि पनि माथि हुन्छ। हामी यस जीतलाई आफ्ना वीर जवानहरू अनि अपरेशन सिन्दुर-लाई समर्पित गर्छौं। उल्लेखनीय छ, म्याच समाप्त भएपछि पाकिस्तानका खेलाड़ीहरू भारतीय ड्रेसिंग रूम बाहिर उभिएका थिए तर टीम इण्डियाका स्टाफहरू भित्र गए अनि दैलो बन्द गरे। त्यो दृश्य क्यामेरामा कैद भएको छ अनि सोशल मीडियामा निक्कै वायरल भइरहेको छ। यस कदमलाई भारतीय टीमको स्पष्ट सोचको प्रतीक मानिएको छ। रिपोर्ट अनुसार, यो पूरा आइडिया मुख्य प्रशिक्षक गौतम गम्भीरको थियो। गम्भीरले म्याच अघि आफ्ना खेलाड़ीहरूलाई भनेका थिए, सोशल मीडिया र बाहिरका कुराहरूलाई सुन्न बन्द गर्नु पर्छ। हाम्रो काम केवल भारतको निम्ति खेल्नु हो। पहलगामलाई भुल्नु हुँदैन। हात मिलाउने, कुराकानी गर्ने कुनै आवश्यकता छैन। मैदानमा गएर खेल्ने अनि म्याच जितेर आउने हाम्रो काम हो।

About Author

Advertisement