भारतले इतिहासमै ठूलो रक्षा सम्झौताः फ्रान्ससँगबाट ११४ राफेल जेट खरिद गर्ने

jq0dslvo_rafale-_625x300_12_November_18

नयाँ दिल्ली: भारत सरकारले फ्रान्सबाट ११४ राफेल फाइटर जेट खरिद गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। यो भारतकै सबैभन्दा ठूलो रक्षा खरिद सम्झौतामध्ये एक हो, जसको मूल्य लगभग ₹३.२५ लाख करोड (अन्दाेजित $४० अर्ब) रहेको छ।
रक्षा अधिग्रहण परिषद (डीएसी) ले यो प्रस्तावलाई स्वीकृत गरिसकेको छ, जसले दुई देशबीचको रक्षा सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
सम्झौताका मुख्य बुँदाहरू:
फ्रान्सबाट १८ तयार विमान (फ्लाइ-अवे) ल्याइनेछ।
बाँकी ९६ विमान भारतमा बनाइने ‘मेक इन इन्डिया’ पहलअन्तर्गत उत्पादन गरिनेछ।
यसले भारतको घरेलु रक्षा उत्पादन र प्रविधि स्थानान्तरणलाई मद्दत पुर्‍याउनेछ।
हाल, भारतीय वायुसेनामा पहिले नै ३६ राफेल जेट छन् र नौसेनाका लागि २६ राफेल-एम पनि अर्डर भइसकेका छन्।

About Author

Advertisement