भारतमा नेपालका नौ अभियन्ता सम्मानित

IMG-20250806-WA0093

बिर्तामोड़: विश्वव्यापी मानव अधिकार संरक्षण मञ्चले भारतको नयाँ दिल्लीमा गरेको सेमिनार तथा पुरस्कार वितरण समारोहमा मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न विधाका सक्रिय नौ अभियन्तालाई सम्मान गरेको छ। ‘बुद्ध र उनको धम्म अम्बेडकरको अन्तिम कृति’ विषयक सेमिनारमा मधेश प्रदेशको सामाजिक अभियानमा विभिन्न क्षेत्रबाट सक्रिय ८ जना सम्मानित भएका हुन्। एकजना उदयपुरका सम्मानित भएका छन्।
सप्तरीकी सुनिता कुमारी साह, रौतहटका मुकेश कुमार साह, सप्तरीकै अन्वर अली, उदयपुरका प्रदीप गिरी, पर्साका ध्रुब कुमार साह, सर्लाहीका डा. नवल किशोर साह, सप्तरीकै नेत्रविक्रम साह र कामेश्वर साह तथा सर्लाहीकी सुनिता कलवार सम्मानित भएका हुन्।
कार्यक्रममा मञ्चका संस्थापक सहअध्यक्ष महानन्द सरकार दत्त, कार्यकारी अध्यक्ष काशीराम गोविन्द पैठणे, उत्तराखण्डका सामाजिक कार्यकर्ता जयपाल सिंह, नेपालबाट तराई मधेस महिला फाउन्डेशन नेपालकि अध्यक्ष सुनिता साहले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम अधिवक्ता डा. विजय कुमार कस्तुरेले सञ्चालन गरेका थिए।

About Author

Advertisement