भाजपा पर्यवेक्षक बिप्लब कुमार देव पश्चिम बंगाल विधानसभामा सम्मानित

FB_IMG_1770113191537

कोलकाता: आसनसोल दक्षिणकी भाजपा विधायिका श्रीमती अग्निमित्रा पालले आज विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीको नेतृत्वमा तथा सिलिगुडीका भाजपा विधायक डा. शंकर घोषको उपस्थितिमा भाजपा विधायक दलको तर्फबाट त्रिपुराका पूर्व मुख्यमन्त्री तथा लोकप्रिय सांसद बिप्लब कुमार देवलाई नेताजी सुभाषचन्द्र बोसको एक तस्वीर उपहार दिई सम्मानित गरिन्।
यसैसँगै वर्तमान सांसद तथा आगामी पश्चिम बंगाल विधानसभा चुनावका लागि भाजपाका जिम्मेवार विशेष पर्यवेक्षक बिप्लब देवले आज पश्चिम बंगाल विधानसभा परिसरमा भाजपा संसदीय दलसँग सौजन्य भेटघाट गरे। आज विधानसभामा बिप्लब देवलाई औपचारिक रूपमा सम्मान प्रदान गरियो।

About Author

Advertisement