ब्रिटेनमा पूर्व राजकुमार एन्ड्र्यू रिहा, अनुसन्धान जारी

Former-Britain-Prince-Andrew-Released-Jeffrey-Epstein-Case-2

लन्डन: ब्रिटेनमा सार्वजनिक पदमा रहँदा कथित दुराचारको आशङ्कामा पक्राउ परेका पूर्व राजकुमार एन्ड्र्यू माउन्टबेटन–विन्डसर लाई रिहा गरिएको छ। टेम्स भ्याली पुलिसले बिहीबार साँझ उनलाई हिरासतबाट मुक्त गरिएको जनाएको छ।
पक्राउ परेपछि करिब ११ घण्टापछि उनलाई पूर्वी ब्रिटेनस्थित आफ्नै घर नजिकको पुलिस कार्यालयबाट सवारीसाधनमा निस्कँदै गरेको देखिएको थियो। यद्यपि, उनीविरुद्धको अनुसन्धान भने जारी रहेको पुलिसले जनाएको छ।
एन्ड्र्यूलाई अमेरिकी वित्त व्यवसायी जेफ्री एप्स्टीन सँगको सम्बन्धबारे भइरहेको अनुसन्धानका क्रममा पक्राउ गरिएको थियो। उनको निवासमा खानतलासी सम्पन्न भएको छ भने अर्को सम्पत्तिमा जाँच जारी रहेको बताइएको छ।
चार्ल्स तृतीय ले यस विषयमा कानूनलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन्।

About Author

Advertisement