रियो दि जेनेरियो: ब्राजिलको मिनास जेराइस राज्यमा बाढी र पहिरोमा परी २३ जन ब्राजिलकोमिनास जेराइस राज्यमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तीमा पनि २३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी क्षति जुइज़ डे फोरा नगरपालिकामा भएको छ। यस नगरपालिकामा मात्रै १८ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
सोमबारदेखि परेको मुसलधारे वर्षापछि दर्जनौँ उद्धारकर्मी र विपद्–प्रशिक्षित खोजी कुकुरहरू मंगलबार भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका छन्। हालसम्म ४० भन्दा बढी व्यक्ति हराइरहेको बताइएको छ।
स्थानीय बासिन्दा लिभिया रोजाले आफ्ना आफन्तहरू हिलोमा पुरिएको बताउँदै आशा अन्तिमसम्म बाँकी हुन्छ भन्दै उद्धारको प्रतीक्षा गरिरहेको बताइन्। मौसम विभागका अनुसार आगामी दिनहरूमा पनि वर्षा जारी रहने सम्भावना र उद्धार कार्यलाई थप जटिल बनाउन सक्नेछ।
प्रारम्भिक तस्बिरहरूमा नदीको बहाव बदलिँदा जुइज दे फोराका विभिन्न क्षेत्रमा हिलो र फोहोर थुप्रिएको देखिएको छ। रियो दि जनेरियोबाट करिब ३१० किलोमिटर उत्तरमा रहेको उक्त सहरमा कम्तीमा ४४० जना विस्थापित भएका छन्।
नजिकैको उबा सहरमा पनि सात जनाको मृत्यु भएको पुष्टि भएको छ। जुइज दे फोराकी मेयर मार्गरिडा सालोमोले सो क्षेत्रमा कम्तीमा २० वटा पहिरो गएको र केही घरहरू भत्किएको जानकारी दिइन्।
मिनास जेरेइस अग्निनियन्त्रण विभागका अनुसार जुइज दे फोरामा १०८ जना र उबामा २८ जना उद्धारकर्मी परिचालन गरिएको छ। बेपत्ता व्यक्तिहरूको खोजी अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।









