बेन शेल्टन, नाओमी ओसाका र क्लारा टसन क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_20258413313845

टोरण्टो: चौथो वरीयता प्राप्त अमेरिकाका बेन शेल्टनले १३औं वरीयता प्राप्त इटलीका फ्लावियो कोबोलीलाई ६–४, ४–६, ७–६-ले पराजित गरी नेशनल ब्यांक ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा प्रवेश गरे। अब उनको सामना अष्ट्रेलियाका नवौं वरीयता प्राप्त एलेक्स डी मिनौरसँग हुनेछ, जसले अमेरिकाका सातौं वरीयता प्राप्त फ्रान्सिस टियाफोलाई ६–२, ४–६, ६–४-ले पराजित गरे। यसअघि स्पेनका अलेजान्द्रो फोकिनाले छैटौं वरीयता प्राप्त रुसका आन्द्रे रुबलेवविरुद्ध म्याच थकानले गर्दा बीचमै छोड़्नु पऱ्यो। फोकिनाले म्याचबाट हट्ने फसेला गर्दा रुबलेव ६–७, ७–६, ३–०-ले अघि रहेका थिए। रुबलेवले अब अमेरिकाका टेलर फ्रिट्ज र चेक रिपब्लिकका जिरि लेहेकाबीच खेलिने म्याचको विजेतासँग खेल्नेछन्। यसरी महिला एकलमा डेनमार्ककी क्लारा टसनले दोस्रो वरीयता प्राप्त विम्बल्डन च्याम्पियन पोल्याण्डकी इगा स्वियातेकलाई ७–६, ६–३-ले पराजित गरी टुर्नामेण्टको क्वार्टर फाइनलमा प्रवेश गरिन्। यसको साथै ६ फूट अग्लो टसनले स्वियातेकविरुद्ध विम्बल्डनमा प्राप्त भएको हारको हिसाब चुक्ता गरिन्। क्वार्टर फाइनलमा टसनको भिड़न्त अमेरिकाकी मेडिसन कीजसँग हुनेछ, जसले चेक रिपब्लिककी ११औं वरीयता प्राप्त क्यारोलिना मुचोवालाई ४–६, ६–३, ७–५-ले पराजित गरिन्। टसनले जनवरीमा न्यूजील्याण्डमा एकमात्र टूर खिताब जितेकी थिइन्। जापानकी नाओमी ओसाकाले पनि लात्वियाकी अनास्तासिया सेवास्तोवालाई ६–१, ६–०-ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरिन्। अब उनको सामना १०औं वरीयता प्राप्त एलिना स्वितोलिनासँग हुनेछ, जसले अमेरिकाकी पाँचौं वरीयता प्राप्त अमाण्डा एनिसिमोवालाई ६–४, ६–१-ले पराजित गरिन्।

About Author

Advertisement