बीसीसीआईद्वारा केन्द्रीय अनुबन्धको सूची जारी, रोहित-कोहलीलाई नोक्सान

IMG-20260210-WA0059

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले सोमवार २०२५-२६ सीजन (१ अक्टोबर २०२५-देखि ३० सेप्टेम्बर २०२६)-को निम्ति सीनियर पुरुष अनि महिला खेलाड़ीहरूका वार्षिक अनुबन्धको घोषणा गऱ्यो। नयाँ वार्षिक अनुबन्धमा रोहित शर्मा र विराट कोहलीलाई नोक्सान भएको छ। यसरी ग्रेड ए-मा पुरुष क्रिकेटरहरूमा शुभमन गिल, जसप्रीत बुमराह र रविन्द्र जडेजा रहेका छन्। यसरी महिलाहरूकी ग्रेड ए-मा हरमनप्रीत कौर, स्मृति मन्धना, जेमिमा रोड्रिग्स र दीप्ति शर्मा रहेकी छन्। पुरुष खेलाड़ीहरूका ग्रेड ए-मा सामेल ३ जना खेलाड़ीहरूमा गिल टेस्ट र वनडे टीमका कप्तान हुन् अनि अहिले तीनैवटा प्रारूपमा सक्रिय छन्। यसरी बुमराहले पनि तीनैवटा प्रारूपमा खेल्छन्। एकमात्र जडेजाले टी२० इण्टरनेशनलबाट सन्न्यास लिइसकेका छन्। पुरुष क्रिकेटरहरूका ग्रेड बी-मा ११ जना खेलाड़ी रहेका छन्। यसमा वाशिंगटन सुन्दर, रोहित, कोहली, केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रिषभ पन्त, कुलदीप यादव, यशस्वी जयसवाल, सूर्यकुमार यादव र श्रेयस अय्यर सामेल छन्। यसअघि रोहित र कोहली ए-प्लस वर्गको हिस्सा थिए तर यसपाली बोर्डले त्यस वर्गलाई नै समाप्त गरेको छ। यसरी महिलाहरूकी ग्रेड बी-मा रेणुका ठाकुर, शेफाली वर्मा, रिचा घोष, स्नेह राणा, राधा यादव, अमनजोत कौर, प्रतिका रावल, क्रान्ति गौड़, उमा छेत्री र अरुन्धति रेड्डी रहेकी छन्। पुरुष क्रिकेटरहरूका ग्रेड सी-मा १६ जना खेलाड़ीलाई स्थान दिइएको छ। यसमा अक्षर पटेल, तिलक वर्मा, रिंकू सिंह, शिवम दुबे, सञ्जु सेमसन, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा, आकाश दीप, ध्रुव जुरेल, हर्षित राणा, वरुण चक्रवर्ती, नीतीश कुमार रेड्डी, अभिषेक शर्मा, साई सुदर्शन, रवि बिश्नोई र रुतुराज गायकवाड़लाई राखिएको छ। यसरी महिलाहरूमा श्री चरणी, यास्तिका भाटिया, हरलीन देओल, काश्वी गौतम, जी कमालिनी, वैष्णी शर्मा र तेजल हसबनीस ग्रेड सी-मा सामेल छन्। बीसीसीआई-ले पुरुषहरूका अनुबन्धको संरचनामा बद्लाउ गरेको छ। ग्रेड ए-प्लस-को साथ ४ स्तरीय प्रणालीलाई घटाएर ३ स्तरीय गरिएको छ। पुरुषहरूका सूचीमा एकमात्र नयाँ नाम साई सुदर्शनको रहेको छ, जसलाई पहिलोपल्ट केन्द्रीय अनुबन्ध हासिल भएको छ। यसरी सरफराज खान, मोहम्मद शमी, ईशान किशन, रजत पाटीदार र मुकेश कुमारलाई यस सीजनमा अनुबन्धबाट बाहिर गरिएको छ।

About Author

Advertisement