बीएम बिड़ला हार्ट अस्पतालमा लीडलेस पेसमेकरको सफल प्रत्यारोपण

IMG-20260226-WA0062

काेलकाता: कोन्ननगरका ७८ वर्षीय प्रविर कुमार दत्त गुप्तालाई सन् २०१८ मा कमाण्ड अस्पतालमा दायाँ भेन्ट्रीकुलर सेप्टममा लीडलेस पेसमेकर प्रत्यारोपण गरिएको थियो। उक्त उपकरणले धेरै वर्षसम्म विश्वसनीय रूपमा काम गरिरह्यो। तर जनवरी २०२६ मा पेसमेकर आफ्नो इलेक्ट्रिभ रिप्लेसमेन्ट इन्डिकेटर (ईआरआई) मा पुगेको थियो, जसले ब्याट्री क्षय भएको र नयाँ पेसिङ सपोर्ट आवश्यक रहेको संकेत गर्दछ।
यो उपलब्धि भारतसहित दक्षिण–पूर्व एशियामा यस प्रकारको पहिलो तथा ऐतिहासिक कोसेढुंगा सावित भएको छ। जटिल कार्डियाक उपकरणसम्बन्धी प्रक्रिया सफलतापूर्वक सञ्चालन गर्न बीएम बिड़ला हृदय अनुसंधान केंद्र को विशेषज्ञता यस घटनाले स्पष्ट पारेको छ र यसले भारतको चिकित्सा क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
यस सम्बन्धमा अस्पतालका कार्डियोलोजी निर्देशक डा. अनिल मिश्रले भने, “लिडलेस पेसमेकरहरू ट्रान्सभेनस प्रणालीसँग सम्बन्धित धेरै जटिलताहरू कम गर्ने उद्देश्यले विकास गरिएको हो, तर यसको दीर्घकालीन व्यवस्थापन अझै विकसित हुँदैछ। जब कुनै उपकरण धेरै वर्षसम्म प्रयोगमा रहन्छ, तब फाइब्रोटिक एनक्याप्सुलेसनका कारण त्यसलाई निकाल्नु अनिश्चित र प्राविधिक रूपमा चुनौतीपूर्ण हुन सक्छ। मुख्य कुरा तयारी हो, स्थिरीकरणको स्तर बुझ्नु र सम्भावित जटिलताका लागि पूर्व योजना बनाउनु।”

About Author

Advertisement