नयाँ दिल्ली: भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन बिहारबाट राज्यसभामा निर्वाचित भएका हुनाले उनको यस सफलताप्रति दार्जिलिङ लोकसभा सांसद राजु विष्टले संजाल मार्फत बधाई तथा शुभकामना व्यक्त गरे।
सांसद विष्टले नितिन नवीनलाई एक समर्पित कार्यकर्ताबाट राष्ट्रिय स्तरमा पार्टीको नेतृत्वसम्म पुगेको उनको यात्रा समर्पण, संगठनात्मक मजबुती र जरा–स्तरका कार्यकर्तासँगको गहिरो सम्बन्धको उदाहरणका रूपमा हेरिएको उल्लेख गरे।
विष्टले नितिन नवीनले राष्ट्रिय सभामा सफल कार्यकाल बिताउँदै संगठनलाई अझ सुदृढ बनाउन तथा राष्ट्रको सेवामा निरन्तर योगदान पुर्याउने विश्वास व्यक्त गरे।









