कामाख्यागुडी: आज शुक्रबार कुमारग्राम प्रखण्डअन्तर्गत बारबिशा क्षेत्रमा बीजेपीको परिवर्तन यात्राको अवसरमा एक जनसभा आयोजना गरिने भएको छ। उक्त सभालाई सफल बनाउन दलका नेता तथा कार्यकर्ताहरूबीच तीव्र तयारी भइरहेको छ। बीजेपीका कुमारग्राम विधान सभा संयोजक विजय बरुआले यो जानकारी दिएका हुन्।
दलका नेता विजय बरुआले बताएअनुसार बारबिशास्थित विवेकानन्द क्लबको खेल मैदानमा शुक्रबार जनसभा आयोजना गरिनेछ। कुमारग्राम विधान सभा क्षेत्रअन्तर्गत विभिन्न स्थानबाट बीजेपीका कार्यकर्ता तथा समर्थकहरू उक्त सभामा सहभागी हुनेछन्। उनले भने कि जनसभामा ठूलो सङ्ख्यामा मानिसहरूको उपस्थितिको लक्ष्य राखिएको छ। परिवर्तन यात्रालाई ध्यानमा राखेर नै उक्त जनसभाको आयोजना गरिएको हो।









