बायोकेमिक चिकित्सक सङ्घ पश्चिम बंगालको पाँचौँ वार्षिक राज्य सम्मेलनमा मेयरको सहभागिता

FB_IMG_1773602372769

सिलगढी: बायोकेमिक चिकित्सक सङ्घ भारतको सिलगढी शाखाको पहलमा तीनबत्ती मोडस्थित आर.एस. भवनमा आयोजित पश्चिम बंगालको पाँचौँ वार्षिक राज्य सम्मेलनमा सिलगढी नगरनिगमका मेयर गौतम देवले सहभागिता जनाए। कार्यक्रममा राज्यका विभिन्न क्षेत्रबाट आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रह्यो।
सम्मेलनका क्रममा बायोकेमिक उपचार पद्धतिको महत्व, यसको विस्तार तथा जनसामान्यमा स्वास्थ्य सेवाको पहुँच सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरियो भनि मेयरले जानकारी दिए। उनले भने- सम्मेलनमा सहभागीहरूले बायोकेमिक चिकित्साको प्रवर्द्धन, चिकित्सकहरूबीच समन्वय बढाउने तथा भावी कार्यक्रमहरूबारे पनि विचार आदान–प्रदान गरे।

About Author

Advertisement