बाँस चोरीको आशंकामा एकजनाकाे कुटपिट गरी हत्या गरेने आरोपी पक्राउ

Chhetriya-Samachar-2

फाँसीदेवा: फाँसीदेवामा बाँस चोरीको आशंकामा एक जनालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक पण्डाल डेकोरेटर व्यवसायीलाई पक्राउ गरिएको छ। अभियुक्तको नाम सुभाष सिंह हो र उनी उत्तर दिनाजपुरको कालागछका बासिन्दा हुन्।
घटना बिहीबार विधाननगर २ नम्बर ग्राम पंचायतको कामदागछ क्षेत्रमा भएको थियो, जहाँ पण्डालको बाँस चोरेको आशंकामा मंगल टुडु नामक व्यक्तिलाई कुटपिट गरी हत्या गरिएको थियो। चोटपटक लागेर टुडुको मृत्यु भएको थियो र भोलिपल्ट लिखित उजुरी दर्ता गरिएको थियो।
उजुरीमा कारबाही गर्दै विधाननगर अनुसन्धान केन्द्र पुलिसले सुभाष सिंहलाई पक्राउ गरेको छ। उजुरीमा घटनामा संलग्न अन्य तीन जनाको नाम पनि उल्लेख छ।
सुभाष सिंहलाई शनिबार सिलगढी अदालतमा पेश गरिएको थियो। पुलिसले मुद्दाको विस्तृत अनुसन्धान शुरू गरेको छ।

About Author

Advertisement