बन्धन बैंकको कुल कारोबार ९% वृद्धि भई २.९८ लाख करोड रुपैयाँमा पुगेको छ

IMG-20251030-WA0119

कोलकाता: बन्धन बैंकले वित्त वर्ष २०२५–२६ को दोस्रो त्रैमासिक नतिजा सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको कुल कारोबार ९% वृद्धि भई २.९८ लाख करोड रुपैयाँ पुगेको छ। कुल निक्षेपमा बैंकको खुद्रा हिस्सा अहिले करिब ७१% पुगेको छ।
बैंकले भारतका ३६ मध्ये ३५ राज्य तथा केन्द्रशासित प्रदेशहरूमा ६,३५० भन्दा बढी शाखाहरू मार्फत ३.२३ करोडभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। बैंकका कर्मचारीहरूको संख्या ७३,५०० भन्दा बढी छ।
त्रैमासिक विवरण अनुसार, निक्षेपमा वर्ष-दर-वर्ष ११% वृद्धि भएको छ र कुल अग्रिम अब १.४० लाख करोड रुपैयाँ पुगेको छ। चालु र बचत खाताको (CASA) अनुपात २८% छ। बैंकको पूँजी पर्याप्तता अनुपात (CAR) १८.६% को मजबूत स्तरमा रहेको छ।
बन्धन बैंकका एमडी र सीईओ पार्थ प्रतिम सेनगुप्ता भन्छन् — “यो त्रैमासिक नतिजाले बैंकका लागि रूपान्तरणको संकेत गर्दछ। हामी विविध र लचिलो पोर्टफोलियोकतर्फ अग्रसर छौं र सबै सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्न चाहन्छौं। प्रविधि नवप्रवर्तन, प्रक्रियागत सुधार र मानव स्रोत क्षमता वृद्धि गरेर हामी ‘बन्धन बैंक २.०’ को विकासको अर्को चरण अघि बढाइरहेका छौं।”
बैंक खुद्रा पोर्टफोलियो विस्तार, दक्षता वृद्धि र ग्राहक अनुभव सुधारमा ध्यान दिँदै डिजिटलाइजेशनलाई तीव्र बनाइरहेको छ।

About Author

Advertisement