बङ्गाल निर्वाचनअघि प्रशासनिक फेरबदल, हलचल तीव्र

750446-nabanna

कोलकाताः पश्चिम बङ्गालमा बुधबार निर्वाचन आयोगले वरिष्ठ अधिकारीहरुको ठूलो प्रशासनिक फेरबदल गरेको छ। आयोगले १३ जना आईएएस अधिकारीहरुलाई जिल्ला अधिकृत सह जिल्ला निर्वाचन अधिकारी (डीएम-सह-डीईओ) को रूपमा नियुक्त गरेको छ भने ५ जना आईपीएस अधिकारीहरुलाई उप-महानिरीक्षक (डीआईजी) को रूपमा तैनात गरेको छ।
जिल्ला अधिकृतको जिम्मेवारी पाएका अधिकारीहरुले जिल्ला स्तरमा निर्वाचन व्यवस्थापन र निगरानी गर्नेछन्। प्रमुख नियुक्तिहरुमा समावेश छन्: जितिन यादव (कूच बिहार), संदीप घोष (जलपाईगुड़ी), विवेक कुमार (उत्तर दिनाजपुर), रजनवीर सिंह कपूर (मालदा), आर अर्जुन (मुर्शिदाबाद)।
अन्य जिल्ला अधिकारीहरु: श्रीकान्त पल्ली (नादिया), स्वेता अग्रवाल (पूर्वी बर्दवान), शिल्पा गोरिसरिया (उत्तर २४ परगना), अभिषेक कुमार तिवारी (दक्षिण २४ परगना), हरिशंकर पणिक्कर (दार्जिलिङ), टी बालासुब्रमण्यम (अलीपुरद्वार)।
कोलकाता नगर निगममा स्मिता पांडे नगर आयुक्त र कोलकाता उत्तरको डीईओ नियुक्त भएकी छिन् भने रणधीर कुमार कोलकाता दक्षिणको DEO बनेका छन्।
पाँच आईपीएस अधिकारीहरु पनि नयाँ जिम्मेवारीमा छन्: राठौड़ अमितकुमार भरत (रायगंज रेंज), अजीत सिंह यादव (मुर्शिदाबाद), श्रीहरि पांडे (बर्दवान), कंकर प्रसाद बरुई (प्रेसिडेन्सी रेंज), अंजलि सिंह (जलपाईगुड़ी)।
निर्वाचन आयोगले भनेको छ कि यी नियुक्तिहरु तत्काल प्रभावमा लागू हुनेछन् र अधिकारीहरुले १९ मार्च दिउँसो ३ बजेसम्म कार्यभार ग्रहण गरेको रिपोर्ट पेश गर्नुपर्नेछ। आयोगले स्पष्ट पारेको छ कि यी अधिकारीहरु निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।

About Author

Advertisement