बङ्गालमा परिवर्तनको माग बढ्दै, नयाँ दिशाको आह्वान

FB_IMG_1772718277828

कोलकाता: बङ्गालका जनताले अब परिवर्तन चाहिरहेका छन् र पछिल्ला पन्ध्र वर्षको अनुभवका आधारमा नयाँ दिशाको माग उठाउन थाले भनि आसनसोल दक्षिणकी भाजपा विधायिका अग्नीमित्रा पालले संजाल मार्फत जनाइन्।
उनले युवाहरूबीच बढ्दो बेरोजगारी र चारैतिर फैलिएको भ्रष्टाचारप्रति चिन्ताका कारण धेरै मानिसले राज्यमा नयाँ सुरुवात आवश्यक रहेको बताइन्। साथै यो यात्रा आसनसोलस्थित माता कल्याणेश्वरी मन्दिरबाट सुरु भएर सातवटा विधानसभाका क्षेत्र पार गर्दै भोलि पुरुलिया जिल्लामा पुगेर औपचारिक रूपमा हस्तान्तरण गरिने बताइन्।
अन्तमा विधायिका अग्नीमित्रा पालले यस पहलको उद्देश्य वर्तमान शासक सरकारलाई हटाई नयाँ सरकारलाई अवसर दिनु आवश्यक रहेको र यसबाट बङ्गालमा नयाँ बिहानको सुरुवात हुन सकोस् भनि जनतामाझ यस्तो सन्देश पुर्‍याउनु हो भनिन्।

About Author

Advertisement