बक्सम एलीट इण्टरनेशनल २०२६-मा भारतको यादगार प्रदर्शन

IMG-20260208-WA0086

नयाँ दिल्ली: ओलम्पिक पदक विजेता लवलीना बोरगोहेन र पूर्व युथ वर्ल्ड च्याम्पियन अरुन्धति चौधरीकी असाधारण प्रदर्शनको सहायताले भारतले बक्सम एलीट इण्टरनेशनल २०२६ बक्सिंग टुर्नामेण्टमा यादगार प्रदर्शनको साथ जम्मा ९ वटा स्वर्ण पदक जित्यो। स्पेनमा आयोजित यस प्रतिष्ठित टुर्नामेण्टमा भारतले विशेष रूपले महिला वर्गमा ऐतिहासिक प्रदर्शन गऱ्यो। शनिवार खेलिएको खेलहरूमा भारतकी ७ जना महिला बक्सलले फाइनलमा स्थान बनाइन् अनि सबैले स्वर्ण पदक जितेर देशको मान बढ़ाइन्। यसमा ५४ किग्रा वर्गको फाइनलमा प्रतिस्पर्धा गर्ने दुवै बक्सर नै भारतीय थिइन्। बक्सम एलीट २०२६-मा २० वटा देशबाट २०० भन्दा अधिक बक्सरहरूले हिस्सा लिएका थिए, जो सीजनको शुरुवातमा एउटा उच्च स्तरीय अन्तर्राष्ट्रिय चुनौती थियो। भारतले प्रतियोगितामा ९ वटा स्वर्म, ३ वटा रजत र ७ वटा काँस्य पदकको साथ सबैभन्दा सफल टीमको रूपमा अभियान समाप्त गऱ्यो। भारतीय बक्सिंग महासंघ (बीएफआई)-का अध्यक्ष अजय सिंहले भने, बक्सम एलीटले हामीलाई त्यही अन्तर्राष्ट्रिय अनुभव दियो जसको हामीलाई यस चरणमा आवश्यकता थियो। फाइनल खेलहरूमा असाधारण सफलताले हाम्रो तयारी र कार्यक्रमको प्रगतिलाई दर्शाउँछ। आउँदो समय चुनौतीपूर्ण रहनेछ अनि यो टुर्नामेण्ट हाम्रो तयारीहरूको निम्ति निक्कै महत्त्वपूर्ण साबित भयो।
महिला वर्गमा मञ्जु रानी (४८ किग्रा) र नीतू (५१ किग्रा)-ले स्पेनकी बक्सरहरूविरुद्ध एकतर्फी जीतको साथ स्वर्ण पदक जितेर अभियान शुरु गरिन्। त्यसपछि पूनम (५४ किग्रा)-ले रोमाञ्चक भिड़न्तमा आफ्नो साथी प्रीतिलाई पराजित गरी खिताब जितिन्। प्रिया (६० किग्रा) र अरुन्धति (७० किग्रा)-ले युक्रेनकी बक्सरहरूविरुद्ध ५-०-को स्पष्ट फसेलाले जीत हासिल गरिन्। यसरी लवलीना (७५ किग्रा)-ले ईंग्ल्याण्डकी मेरी-केट स्मिथविरुद्ध ४-१-ले जीतको साथ आफ्नो क्लासिक नियन्त्रण र अनुभव देखाइन्। नैना (८० किग्रा)-ले पनि युक्रेनकी राइसा पिस्कुनलाई पराजित गरी स्वर्ण पदक जितिन्। पुरुष वर्गमा सचिन (६० किग्रा)-ले क्यानाडाका केओमा-अली अल अहमदियेहलाई ३-२-ले पराजित गरी स्वर्ण पदक जिते। यसरी आकाश (७५ किग्रा)-ले कजाखस्तानका अमान कोन्सबेगावलाई रोमाञ्चक फाइनलमा ३-२-ले पराजित गरी स्वर्ण पदक हासिल गरे। दीपक (७० किग्रा) र अंकुश (८०)-ले फाइनलमा क्रमशः कजाखस्तान र युक्रेनका बक्सरहरूविरुद्ध हारको साथ रजत पदकमा सन्तोष मान्नु पऱ्यो।

About Author

Advertisement