बंगालमा ‘स्टिङ भिडियो’ विवाद चर्कियो, हुमायूं कबीरको प्रतिवाद

Humayun-Kabir

काेलकाता: पश्चिम बंगाल विधानसभा निर्वाचन नजिकिँदै गर्दा कथित स्टिङ भिडियो सार्वजनिक भएपछि राजनीतिक विवाद तीव्र बनेको छ। तृणमूल कांग्रेस ले सार्वजनिक गरेको भिडियोमा हुमायूं कबीर माथि भारतीय जनता पार्टी सँग करोडौँ रुपैयाँको लेनदेन गरेको आरोप लगाइएको छ।
झण्डै १९ मिनेट लामो उक्त भिडियोमा सरकार गिराउने योजनाअन्तर्गत १००० करोड रुपैयाँको सम्झौता भएको र २०० करोड रुपैयाँ अग्रिम दिइएको दाबी गरिएको छ। साथै मुस्लिम मत विभाजन गराउने प्रयास भएको आरोप पनि लगाइएको छ।
यी आरोप अस्वीकार गर्दै हुमायूं कबीर ले भिडियो पूर्ण रूपमा नक्कली र सम्पादन गरिएको बताएका छन्। उनले आफ्नो छवि बिगार्न एआई तथा डीपफेक प्रविधिको प्रयोग गरिएको दाबी गरेका छन्। उनले अभिषेक बनर्जी तथा टीएमसीविरुद्ध २००० करोड रुपैयाँको मानहानि मुद्दा दायर गर्ने र उच्च अदालत जाने चेतावनी दिएका छन्।
यस घटनापछि एआईएमआईएम ले एजेयूपीसँगको गठबन्धन तोडेको छ भने टीएमसी नेताहरूले छानबिनको माग गरेका छन्। निर्वाचन आयोगले पनि उजुरी आएपछि अनुसन्धानको संकेत दिएको छ।

About Author

Advertisement