बंगलादेश निर्वाचन: सीमावर्ती क्षेत्रमा जमातको जितपछि नवान्न सतर्क

1696920724_nabanna-3

कोलकाता: हालै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा तारिक रहमान को नेतृत्वमा रहेको बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित हासिल गर्दै नयाँ सरकार गठनतर्फ अघि बढेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी ले रहमानलाई बधाई दिँदै लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्नुपर्ने बताएकी छन्। साथै, भारत–बंगलादेशबीचको सम्बन्ध सुदृढ राख्ने अपेक्षा व्यक्त गरे पनि क्षेत्रीय सुरक्षा र शान्तिपूर्ण सहकार्यलाई प्राथमिकता दिइने स्पष्ट पारेकी छन्। यसैबीच, नाबन्ना ले भारत–बंगलादेश सीमाक्षेत्रमा निगरानी कडा बनाएको छ। सीमावर्ती निर्वाचन क्षेत्रमा जमात-ए-इस्लामी को जितसँगै सुरक्षा सतर्कता बढाइएको हो। सतखीरा, नाओगाँव र रंगपुर जस्ता जिल्ला भारतको पश्चिम बंगाल, असम र मेघालयसँग सिमाना जोडिएका छन्।नवान्नका अनुसार, यी नतिजाले प्रत्यक्ष सुरक्षा खतरा संकेत नगरे पनि स्थानीय राजनीतिक सन्तुलनमा आएको परिवर्तनले “चयनात्मक घुसपैठ” तथा सामाजिक–राजनीतिक प्रभाव विस्तार हुने आशंका बढाएको छ।सुरक्षा निकायहरूले सीमावर्ती क्षेत्रमा गैरकानूनी गतिविधि, धार्मिक अतिवाद तथा उग्र विचारधाराको जोखिम हुनसक्ने जनाउँदै नियमित गस्ती, निगरानी र छिमेकी राज्यहरूसँग समन्वय बढाइएको बताएका छन्। केन्द्र र राज्य सरकारबीच समन्वित रणनीति अपनाएर सम्भावित चुनौतीको सामना गर्ने तयारी गरिएको छ।

About Author

Advertisement