फेरि जूनियर पुरुष हकी टीमको प्रशिक्षक बन्न चाहन्छन् पीआर श्रीजेश

IMG-20260217-WA0076

नयाँ दिल्ली: भारतीय टीमका पूर्व दिग्गज गोलकीपर पीआर श्रीजेश फेरि एकपल्ट जूनियर पुरुष हकी टीमको प्रशिक्षक बन्ने सुरमा छन्। श्रीजेशको कार्यकाल गत वर्ष दिसम्बरमा समाप्त भएको थियो तर उनले फेरि यस पदको निम्ति आवेदन गरेका छन्। मुख्य प्रशिक्षकको नियुक्तिलाई लिएर चाँड़ै फसेला हुनसक्छ। दुईपल्टका ओलम्पिक काँस्य पदक विजेता श्रीजेशलाई अगस्त २०२४-मा जूनियर पुरुष टीमको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। श्रीजेशको मार्गदर्शनमा भारतले गत दिसम्बरमा चेन्नईमा आयोजित एफआईएच पुरुष जूनियर हकी वर्ल्ड कपमा काँस्य पदक जितेको थियो। श्रीजेशले भने, वर्ल्ड कपपछि २१ दिसम्बरमा मेरो अनुबन्ध समाप्त भएको थियो अनि त्यसपछि म आफ्नो केरल स्थित गृहनगरमा छु। विज्ञापन आएपछि मैले पेरि आवेदन गरेको छु। अन्य ६-७ जना उम्मेद्वारले पनि आवेदन गरेको मलाई थाहा छ। म अहिले सकारात्मक घोषणाको प्रतीक्षामा छु। मैले आफ्नो कोचिंग अनुभवको आधारमा सिकेको छु। मैले खेलाड़ीहरूसँग अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अनुभवहरू साझा गरेको छु। मुख्य प्रशिक्षकको रूपमा मेरो यात्रा उतार-चड़ाउले भरिएको रह्यो तर वर्ल्ड कपमा काँस्य पदक जित्नु खास रह्यो। हाम्रो लक्ष्य स्वर्ण पदक भए पनि काँस्य जितेर खुशी छु। सन्न्यासपछि मेरो लक्ष्य खेललाई केही फिर्ता दिनु थियो अनि जूनियर खेलाड़ीहरूसँग आफ्नो अनुभव साझा गर्नुभन्दा असल अरू केही हुन सक्दैन। हकी इण्डियाका महासचिव भोलानाथ सिंहले बताएअनुसार, प्रशिक्षक पदको निम्ति कम्तीमा ६ जना उम्मेद्वार रेसमा छन्। उनले नामहरूको चाहिँ खुलासा गरेका छैनन्।

About Author

Advertisement