फिफा वर्ल्डसम्म रोनाल्डो फिट हुने सम्भावना

IMG-20260324-WA0052

नयाँ दिल्ली: दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोलाई फिटनेस समस्याहरूले गर्दा आउँदो फिफा विश्व कपमा अनिश्चित मानिएको थियो तर यस दिग्गज खेलाड़ीले सोशल मीडियामा एउटा पोस्ट शेयर गरेर आफ्नो फिटनेसलाई लिएर सकारात्मक संकेत दिएका छन्। पोर्तुगलका दिग्गजले आफ्नो ट्रेनिंग र रिकवरीमाथि काम गरिरहेको एउटा तस्वीर शेयर गरेका छन्, जसले उनी मैदानमा ओर्लिनदेखि धेर टाढ़ा नरहेको संकेत दिन्छ। रोनाल्डोको यस पोस्टले उनी फिफा वर्ल्ड कप २०२६-मा खेल्ने सम्भावना बढ़ेको छ, जुन उनको प्रशंसकहरूका निम्ति खुशीको खबर हो। फरवरीको अन्तमा आफ्नो क्लब अल नस्रबाट खेल्दा रोनाल्डोलाई चोट (ह्याम्स्ट्रिंग) लागेको थियो। त्यस चोटले गर्दा उनलाई मेक्सिको र अमेरिकाविरुद्ध मैत्रीपूर्ण म्याचबाट बाहिर राखिएको थियो। पोर्तुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोको चोट अझ गम्भीर नहोस् भनेर यस्तो फसेला लिएको बताएका थिए। पोर्तुगलले २८ मार्चमा एज्टेका स्टेडियममा मेक्सिकोको सामना गर्नेछ। त्यसपछि ३१ मार्चमा अटलाण्टामा अमेरिकाविरुद्ध म्याच रहेको छ। टीम म्यानेजमेण्टले खेलाड़ीहरूमाथि रहेको कामको दबाउलाई सटीक तरिकाले प्रबन्धन गर्ने फसेला लिएको छ। यसैकारण बर्नार्डो सिल्वालाई पनि आराम दिइएको छ। प्रशंसकहरूलाई रोनाल्डो जूनमा शुरु हुने वर्ल्ड कपसम्म सम्पूर्ण रूपले फिट हुने आशा रहेको छ। रोनाल्डो ४१ सालको उमेरमा रेकर्ड छैटौंपल्ट वर्ल्ड कप खेल्ने प्रयासमा छन्। उनले आफ्नो करियरमा लगभग सबै खिताब जिते पनि अहिलेसम्म वर्ल्ड कप चाहिँ जित्न सकेका छैनन्। यसरी रोनाल्डोको लक्ष्य पोर्तुगलको निम्ति वर्ल्ड कप जित्ने रहेको छ अनि यस लक्ष्यलाई हासिल गर्न अहिले उनी कठोर मेहनत गरिरहेका छन्। यस दिग्गज खेलाड़ीले पोर्तुगलको निम्ति अहिलेसम्म २२६ वटा म्याच खेलेर १४३ गोल गरेका छन्।

About Author

Advertisement