निंग्बो (चीन): भारतका २० वर्षीय युवा शट्लर आयुष शेट्टीले ब्याडमिण्टन एशिया च्याम्पियनशीपमा रजत पदकमै सन्तोष मान्नु पऱ्यो। आइतवार खेलिएको फाइनलमा उनलाई चीनका शी यूकीले लगातार गेममा २१-८, २१-१०-ले पराजित गरे। म्याच केवल ४२ मिनटसम्म चल्यो। यस हारपछि पनि आयुषले इतिहास रचे। आयुष भारतीय ब्याडमिण्टनमा नयाँ नक्षत्र बनेर अघि आएका छन्। उनी गत ५९ सालमा यस प्रतिष्ठित टुर्नामेण्टको एकल फाइनलमा पुग्ने पहिलो भारतीय अनि समग्रमा इतिहासका दोस्रो भारतीय बनेका थिए। यसअघि दिनेश खन्नाले १९६५-मा स्वर्ण पदक जितेका थिए। आयुषले त्यस इतिहासलाई त दोहोऱ्याउन सकेनन् तर रजत पदक अवश्यै जिते। उनी गत ५९ सालमा यस टुर्नामेण्टको पुरुष एकलमा कुनै पदक जित्ने दोस्रो भारतीय खेलाड़ी पनि हुन्। यसअघि २०१८-मा एचएस प्रणयले भारतको निम्ति काँस्य पदक जितेका थिए। भारतको निम्ति टुर्नामेण्टमा यसअघि अन्तिमपल्ट २०२३-मा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको पुरुष युगल जोड़ीले खिताब जितेको थियो। विश्वका २५औं नम्बरका खेलाड़ी आयुषको यो प्रदर्शन कुनै संयोगभन्दा कम्ती होइन। उनले क्वार्टर फाइनलमा विश्वका नम्बर ४ खेलाड़ी जोनाथन क्रिस्टीलाई २३-२१, २१-१७-ले पराजित गरेका थिए। यसबाहेक उनले चाइनीज ताइपेका चिन यू जेन र चीनका ली शी फेंग दस्ता मजबूत खेलाड़ीहरूलाई पनि पराजित गरे। सेमिफाइनलमा पनि आयुषले उलटफेर गर्दै विश्वका नम्बर एक खेलाड़ी कुनलावुत वितिदसरनविरुद्ध असाधारण पुनरागमन गर्दै १०-२१, २१-१९, २१-१७-ले जीत हासिल गरेका थिए। टुर्नामेण्टमा अन्य भारतीय खेलाड़ीहरूका प्रदर्शन चाहिँ निराशाजनक रह्यो। पीभी सिन्धू दोस्रो राउण्डमै बाहिर भइन् जबकि लक्ष्य सेनले पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो।










