नयाँ दिल्ली: कांग्रेसकी वरिष्ठ नेतृ प्रियंका गान्धीका छोरा रेहान वाड्राले सगाइ गरेका छन्। २५ वर्षीय रेहानले अवीवा बेगलाई अंगूठी पहिराउँदै विवाहका लागि प्रपोज गरे, र अवीवाले पनि त्यो प्रस्ताव स्वीकार्दै विवाहका लागि सहमति जनाइन्। कांग्रेस नेतृ प्रियंका गान्धीका छोरा रेहान वाड्राले आफ्नी प्रेमिका अवीवा बेगसँग सगाइ गरेका हुन्। २५ वर्षीय रेहानले अवीवालाई प्रपोज गरेका थिए, जुन उनले स्वीकार गरिन्। दुवै सात वर्षदेखि डेटिङ गर्दै आएका थिए र वाड्रा परिवारले पनि यस सम्बन्धलाई स्वीकृति दिएको थियो। रेहान एक भर्चुअल आर्टिस्ट र फोटोग्राफर हुन्, जबकि अवीवा पनि फोटोग्राफर तथा प्रोड्युसर हुन्।
कांग्रेस सांसद प्रियंका गान्धी र ब्यवसायी रोबर्ट वाड्राका छोरा रेहान गत ७ वर्षदेखि अवीवालाई डेट गर्दै आएका थिए। वाड्रा परिवारले पनि यो सम्बन्ध स्वीकार गरेको थियो। अब भने दुवैको सगाइ भइसकेको छ।
अवीवा बेग दिल्लीकी बासिन्दा हुन्। उनको परिवार वाड्रा परिवारको नजिकको मानिन्छ। दुवै परिवारले रेहान र अवीवाको सम्बन्ध स्वीकार गरिसकेका छन्।
रेहान वाड्रा पेशाले भर्चुअल आर्टिस्ट हुन्, जसले १० वर्षको उमेरदेखि नै संसारका विभिन्न स्थानका सुन्दर तस्वीरहरू खिच्दै आएका छन्। उनी कमर्शियल फोटोग्राफीसँगै वाइल्डलाइफ फोटोग्राफी पनि गर्छन्।
सन् २०१७ मा स्कुल क्रिकेट खेलका क्रममा रेहानको आँखामा चोट लागेको थियो। तर त्यसपछि पनि उनले आफ्नो रुचि त्यागेनन्। उनी धेरै प्रदर्शनीमा सहभागी भइसकेका छन्। सन् २०२१ मा उनले नयाँ दिल्लीको बीकानेर हाउसमा आयोजित ‘डार्क परसेप्शन’ मार्फत् सोलो प्रदर्शनीबाट डेब्यु गरेका थिए।
आमाबाट पाए प्रेरणा:
रेहानका अनुसार, उनकी आमा प्रियंका गान्धी वाड्राले उनलाई सानैदेखि फोटोग्राफीतर्फ प्रेरित गर्दै आउनुभएको छ। उनका हजुरबा तथा पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई पनि फोटोग्राफीको शौक थियो। अब रेहान यही विरासतलाई अगाडि बढाइरहेका छन्।
रेहानकी मंगेतर अवीवा बेगको कुरा गर्दा, उनले पनि आफ्नो इन्स्टाग्राम प्रोफाइलमा आफूलाई फोटोग्राफर तथा प्रोड्युसर भनेर उल्लेख गरेकी छन्।











