इस्लामाबाद: पाकिस्तानका प्रधानमन्त्री शाहाबाज सरिफले देशको अर्थतन्त्र भत्किएको छ भन्दै अवस्था सुधार्नका लागि पाक सेनाप्रमुख आसिम मुनिरसित देश–विदेशमा सहयोग माग्न समेत गएको संजालमा बताएका छन्। उनले भने यसले उनीहरू माथि ठूलो दबाब परेको थियो।व्यवसायीहरू सँगको बैठकमा यस विषयमा स्वयं शाहबाजले जानकारी दिएका हुन्। उनले यसैबीच पाकिस्तानको वैदेशिक मुद्रा भण्डारमा सुधार आएको पनि बताएका छन्।










