प्रख्यात नाटककार तथा समाजसेवी टी.बी. बराईलीको आकस्मिक निधन, नेपालीभाषी समाजमा शोक

FB_IMG_1773680733931

दार्जिलिङ: भारतीय नेपाली साहित्यिक क्षेत्रमा ख्यातिप्राप्त नाटककार तथा समाजसेवी टी.बी. बराईलीको आकस्मिक निधन भएपछि सम्पूर्ण नेपालीभाषी समाजमा गहिरो शोक छायो। सांसद राजु विष्टले उनको निधनले साहित्य, कला र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए।
संजाल मार्फत सांसद विष्टले दिवङ्गत बराईली बिजनबारी कला सङ्गमका संस्थापक सदस्य रहेका र नेपाली नाट्य साहित्य तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धनमा उनले महत्वपूर्ण योगदान पुर्‍याएका थिए भने। सांसदले दिवंगत बराइलीको सक्रियता र समर्पणले क्षेत्रीय कला र संस्कृतिको संरक्षण तथा विकासमा उल्लेखनीय भूमिका खेलेको प्रकाश गरे।
यसैक्रममा उनको निधनप्रति सांसद विष्ट लगायत विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे साथै दिवङ्गत आत्माको वैकुण्ठवासको कामना गर्दै शोक सन्तप्त परिवारजन, साथै कला, भाषा र संस्कृतिप्रेमीहरूलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरे भने अन्तमा टी.बी. बराईलीप्रति हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।

About Author

Advertisement