काठमाडौं: पेट्रोलको मूल्य एक रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य तीन रुपैयाँले बढाइएको नेपाल आयल निगमले जनाएको छ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य पहिलो वर्गको लागि प्रतिलिटर १५४.५० पैसा, दोस्रो वर्गको लागि प्रतिलिटर १५६ पैसा र तेस्रो वर्गको लागि प्रतिलिटर १५७ पैसा कायम गरिएको छ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गको लागि प्रतिलिटर १३९.५० पैसा, दोस्रो वर्गको लागि प्रतिलिटर १४१ पैसा र तेस्रो वर्गको लागि प्रतिलिटर १४२ पैसा कायम गरिएको छ। नयाँ मूल्य सूची आइतबार मध्यरात १२ बजेदेखि लागू भएकाे छ।










