पुलिसमाथि आक्रमण पछि कैलालीमा चल्यो गोली

IMG-20260304-WA0049

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर १३ कैलाली गाउँमा मंगलबार भएको झडपमा परि २ जना पुलिस घाईते भएका छन।
वार्ड पुलिस कार्यालयका पुलिस निरिक्षक बलराम पाण्डे र वार्ड नम्बर १३ को जनता मावि मतदान केन्द्रमा ड्युटी खटिएका पुलिस सहायक निरिक्षक डबल बहादुर साउद घाईते भएका हुन। जिल्ला पुलिस कार्यालय कैलालीका पुलिस उपरिक्षक नरेन्द्र बहादुर चन्दले दिएको जानकारी अनुसार मंगलबार अपरान्ह कैलालीगाउँका २ समुहबीच झडप भईरहेको खबर आएपछि पुलिस निरिक्षक सहित नजिकै रहेको जनता मावि मतदान केन्द्रका पुलिस सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए ।
दुबै समुहबाट पुलिसमाथि नै आक्रमण भएपछि पुलिसले ६ राउण्ड हवाईफायर समेत गरेको थियो। ‘घटनास्थल पुगेको प्रहरी माथि नै आक्रमण गरेपछि पुलिसले ६ राउण्ड हवाईफायर गरेको थियो। घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको छ। सोधपुछ गरेर अनुसन्धान भईरहेको छ’ पुलिस उपरिक्षक चन्दले भने ।
घाईते प्रहरी निरक्षक पाण्डेको हात, तिघ्रामा चोट लागेको छ भने असई साउदको टाउँकोमा गम्भिर चोट लागेको छ। पुलिस निरिक्षक पाण्डे उपचार पछि डयुटीमा फर्किसकेका छन भने असई साउदको अस्पताल भर्ना गरि उपचार भईरहेको छ। झडप भएको पक्षका पनि केही घाईते भएका तर प्रहरी माथि नै आक्रमण भएपछि उनीहरुको विवरण भने आउन सकेको छैन।

About Author

Advertisement