पीभी सिन्धू चाइना ओपनको प्री–क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250723-WA0149

चांग्झू: पूर्व विश्व च्याम्पियन भारतीय खेलाड़ी पीभी सिन्धूले बुधवार जापानकी छैटौं वरीयता प्राप्त तोमोका मियाजाकीलाई २१–१५, ८–२१, २१–१७–ले पराजित गरी चाइना ओपन सुपर १००० ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकलको प्री–क्वार्टर फाइनलमा प्रवेश गरिन्। ओलम्पिकमा २ पल्टकी पदक विजेता सिन्धूले असाधारण शुरुवात गर्दै लगातार ७ पोइण्ट्सको साथ पहिलो गेममा १३–५–को बढ़त हासिल गरिन् अनि पछिबाट पहिलो गेम आफ्नो नाम गरिन्। दोस्रो गेममा मियाजाकीले असाधारण पुनरागमन गरिन् अनि लगातार ९ पोइण्ट्सको साथ १२–८–को बढ़त हासिल गरिन्। जापानकी खेलाड़ीले दोस्रो गेम जितेर म्याचमा बराबरी हासिल गरिन्। सिन्धूले तेस्रो तथा निर्णायक गेममा शुरुदेखि नै असल प्रदर्शन गरेर बढ़तलाई कायम राखिन् अनि अन्तमा ६२ मिनटसम्म चलेको यस म्याचमा जीत दर्ता गरिन्। विश्व ऱ्याङकिंगमा १५औं स्थानमा रहने सिन्धूको यो मियाजाकीविरुद्ध दोस्रो म्याच थियो। गत वर्ष स्विस ओपनमा उनी यस जापानी खेलाड़ीविरुद्ध पराजित भएकी थिइन्।
यस साल ५ वटा टुर्नामेण्टमा पहिलो राउण्डमा बाहिर हुने सिन्धूले म्याचपछि भनिन्, “यो मेरो निम्ति बहुप्रतीक्षित जीत थियो। पहिलो राउण्ड मेरो निम्ति महत्त्वपूर्ण थियो। यस चुनौतीपूर्ण म्याचमा तेस्रो गेममा शुरुमै बढ़त हासिल गर्नु मेरो निम्ति महत्त्वपूर्ण रह्यो। यसले निश्चित रूपमा मेरो मनोबल बढ़्नेछ।”
अघिल्लो राउण्डमा सिन्धूको भिड़न्त भारतकै १७ वर्षीय खेलाड़ी उन्नति हुड्डासँग हुनेछ। उन्नतिले ओलम्पिक स्पोर्ट्स सेण्टर जिम्नेजियनमा ३६ मिनटसम्म चलेको म्याचमा कमनवेल्थ गेम्समा २ पल्टकी पदक विजेता स्कटल्याण्डकी क्रिस्टी गिलमोरलाई २१–११, २१–१६–ले पराजित गरिन्।
यसरी पुरुष युगलमा भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको विश्वको १५औं नम्बरको जोड़ीले पनि पुरुष युगलको म्याचमा जापानका केन्या मित्सुहाशी र गिरोकी ओकामुराको जोड़ीलाई केवल ३१ मिनटमा २१–१३, २१–९–ले पराजित गरी असल शुरुवात गऱ्यो। यसबीच महिला युगलमा रुतपर्णा पाण्डा र श्वेतपर्णा पाण्डाकी जोड़ी चाहिँ पराजित भयो।

About Author

Advertisement