पाकिस्तान: पञ्जाबमा एक महिनामै ३६ आतङ्ककारी पक्राउ

What-are-my-Rights-when-I-am-Under-Arrest

नयाँ दिल्ली: पाकिस्तानको पञ्जाब प्रान्तमा सुरक्षाकर्मीहरूले आतंकवादविरुद्ध ठूलो कारबाही गर्दै पछिल्लो एक महिनामा ३६ जना आतङ्ककारीलाई पक्राउ गरेका छन्। पञ्जाबको आतंकवाद विरोधी विभाग (सीटीडी) ले शनिबार उक्त जानकारी दिएको हो।
सीटीडीका अनुसार पक्राउ परेकामध्ये प्रतिबन्धित संगठन तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का सदस्यसमेत रहेका छन्। उनीहरूले प्रान्तका विभिन्न सहरमा महत्वपूर्ण संरचनाहरूलाई लक्षित गर्दै आक्रमणको योजना बनाइरहेको बताइएको छ।
फैसलाबाद र झेलम क्षेत्रमा ठूला आतङ्ककारी आक्रमणको योजना विफल पारिएको छ। यस क्रममा दुई खतरनाक आतङ्ककारी पक्राउ परेका छन् भने उनीहरूको साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ र हतियार बरामद गरिएको छ।
सुरक्षाकर्मीहरूले विभिन्न जिल्लामा खुफिया सूचनाको आधारमा ३६६ वटा अपरेसन सञ्चालन गरेका थिए। सो क्रममा ३३८ जनासँग सोधपुछ गरिएको र उल्लेख्य मात्रामा विस्फोटक, डेटोनेटर, आईईडी बम तथा प्रतिबन्धित सामग्री बरामद गरिएको जनाइएको छ।
पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। उक्त कारबाहीलाई पञ्जाबमा सुरक्षा सुदृढीकरणतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

About Author

Advertisement