पश्चिम बंगाल नस्यशेख विकास परिषदको जिल्ला सम्मेलन

golden-vector-map-west-bengal-state-isolated-white-background-particles-pattern-based-solid-yellow-238901360

काेचबिहार: पश्चिम बंगाल नस्यशेख विकास परिषदको जिल्ला सम्मेलन आयोजना गरियो। आइतबार काेचबिहार शहरको रेडक्रस सोसाइटी हलमा यो सम्मेलन सम्पन्न भयो।
सम्मेलनमा काेचबिहार बार एसोसिएसनका वरिष्ठ अधिवक्ता अब्दुल जलील अहमद, संगठनको केन्द्रीय समितिका अध्यक्ष बजले रहमान, केन्द्रीय समितिका सचिव नासिर उद्दीन अहमद, जिल्ला सचिव आबेद अली मिया, जाफर नुरे सादिक र वाहिद खन्दकार उपस्थित थिए। सभाको अध्यक्षता गुलाम मुस्तफाले गर्नुभयो।
बैठकमा संगठनात्मक विभिन्न विषयमा छलफलका साथै भूमिपुत्र मान्यता, ओबीसी–सी श्रेणीमा १० प्रतिशत आरक्षण, संगठनकै सदस्यलाई बोर्डको अध्यक्ष बनाइनुपर्ने माग, कामतापुरी भाषाको मान्यता तथा एसआईआरका नाममा सर्वसाधारणलाई गरिएको कथित उत्पीडनबारे पनि विस्तृत छलफल भयो। यस सम्मेलनमा जिल्लाका विभिन्न क्षेत्रबाट कार्यकर्ताहरू सहभागी भएका थिए।

About Author

Advertisement