पश्चिम एसियामा शान्तिका लागि चीन-पाकिस्तानको पाँच बुँदे प्रस्ताव, होर्मुज जलडमरूमध्य खुला राख्न आग्रह

2026-03-31T135313Z_1600244106_RC2PFKABUQBT_RTRMADP_3_IRAN-CRISIS-CHINA-PAKISTAN

इस्लामाबादः चीन र पाकिस्तान ले पश्चिम एसियामा जारी तनाव अन्त्य गर्न पाँच बुँदे शान्ति प्रस्ताव अघि सारेका छन्। यो प्रस्ताव वाङ यी र इसहाक डार बीच भएको वार्तापछि सार्वजनिक गरिएको हो।
प्रस्तावमा तत्काल युद्धविराम, छिटो शान्ति वार्ता सुरु गर्ने, सर्वसाधारण नागरिक तथा गैरसैन्य संरचनाको सुरक्षा सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न जोड दिइएको छ। साथै संयुक्त राष्ट्र को चार्टरको सम्मान गर्न आग्रह गरिएको छ।
दुवै देशले होर्मुज जलडमरूमध्य लाई विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग बताउँदै त्यहाँको सुरक्षित आवागमन पुनःस्थापना गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

About Author

Advertisement