पश्चिम एशिया संकटबारे मोदी-ट्रम्प वार्ता, होर्मुज जलडमरूमध्य खुला राख्न जोड

Modi-Trump

नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप बीच मंगलबार पश्चिम एशियामा जारी संकटबारे टेलिफोन वार्ता भएको छ। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर ले यसबारे जानकारी दिएका छन्।उनका अनुसार, दुवै नेताबीच क्षेत्रको वर्तमान अवस्थाबारे छलफल भएको थियो, जसमा होर्मुज जलडमरूमध्य खुला राख्नुपर्ने आवश्यकतामा विशेष जोड दिइएको थियो।वार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि ट्रम्पले आफ्नो आगामी कदमबारे मोदीसँग परामर्श गरेको हुनसक्ने अनुमान गरिएको छ। यसले आगामी दिनहरूमा पश्चिम एशियामा महत्वपूर्ण गतिविधि देखिन सक्ने संकेत दिएको छ।यसअघि प्रधानमन्त्री मोदीले संसदमा पनि उक्त संकटबारे चिन्ता व्यक्त गरेका थिए। उनले वर्तमान अवस्थाले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको उल्लेख गर्दै यसबाट पुनःस्थापना हुन समय लाग्ने बताए।उनले भारतले समाधानका लागि संवाद र कूटनीतिक उपायलाई प्राथमिकता दिएको पनि स्पष्ट पारे। भारत ईरान, इजराइल र अमेरिका सहितका देशहरूसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए।

About Author

Advertisement