पश्चिम बंगाल विस चुनाउ सम्बन्धमा सांसद विष्टले गरे गहन छलफल

IMG-20260118-WA0035

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्ट भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव तथा पश्चिम बंगाल प्रभारी सुनील बंसलको अध्यक्षतामा सम्पन्न दार्जिलिङ जिल्ला संगठनात्मक विस्तृत बैठकमा सहभागी भए।
सामाजिक संजाल मार्फत विष्टले जनाए बैठकमा यस क्षेत्रसँग सम्बन्धित वर्तमान राजनीतिक विषयहरू भाजपाका चलिरहेका जनसम्पर्क कार्यक्रमहरू तथा संगठनात्मक विषयहरूमा विस्तृत छलफल भयो साथै बंसलको मार्गदर्शनले आधारस्तरमा संगठन सुदृढीकरण, जनपरिचालन थप प्रभावकारी बनाउने उपायहरू तथा आगामी पश्चिम बंगाल विधानसभा चुनावसँग सम्बन्धित विषयहरूमा पनि गहन छलफल भयो।

About Author

Advertisement