दार्जिलिङ: :दार्जिलिङ लोकसभा सांसद राजु विष्टले देश-विदेशमा आफ्नो पहिचान बनाएका वरिष्ठ पत्रकार र हाल ‘हाम्रो प्रजाशक्ति’ दैनिकका वरिष्ठ संवाददाता राजेश शर्माको अल्पायुमा नै असामयिक निधनले पत्रकारिताको क्षेत्र र विशेषगरि नेपाली भाषामा पत्रकारिताको फाँटलाई ठूलो क्षति पुगेको छ भने।
यसबारे उल्लेख गर्दै सांसदले सही तथ्यपूर्ण र निर्भिक पत्रकार राजेश शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन साथै समस्त पत्रकारिता जगतका सदस्यहरूप्रति हार्दिक समवेदना व्यक्त गरे। साथै ॐ शान्ति शब्दको वाचन सहित श्रद्धाञ्जली व्यक्त गरे र पत्रकारको आत्माले वैकुण्ठवास प्राप्त गरोस् भने।









