गोरुबथान: गुप्तेश्वर धाम सेवा समितिको पत्रकार भेलापछि प० घनश्याम खनालले एउटा भिडियो जारी गरेर मिडियाले गुप्तेश्वर धाम समितिलाई नकरात्मक दृष्टिभंगी गराउने कुनै अधिकार नरहेको बताए।
उनले भने, “जे भएपनि गुप्तेश्वर धाम समिति एउटा परिवार हो र यस परिवारको आफु पनि सदस्य भएको हुनाले कसैलाई पनि यो परिवारबिच नकरात्मक कुराहरु अघि प्रस्तुत गरेर उछाल गर्ने अधिकार छैन।
स्मरण रहोस् विगत ०८ फरवरी २०२६ को दिनदेखि शुरु भएर १५ फरवरीको दिनमा समापन भएको श्री श्री ब्रह्मा महापुराणको समापन भएको लगत्तै व्यासजी प० घनश्याम खनालले केही विषयहरुलाई अघि सारेर गुप्तेश्वर धाम सेवा समितिप्रति आरोप प्रत्यारोप गरेको भन्दै समितिले पनि पत्रकार भेलामा स्पष्टीकरण दिँदै प० घनश्याम खनालले माफी नमागे आफुहरु कानुनी कारवाही गर्न बाध्य हुने पनि जनाएका थिए। आज यसै विषयमा आफ्नो अडान प्रष्ट गर्दै तथा त्रुटीप्रति क्षमाप्रार्थी बन्दै प० घनश्याम खनालले आफ्नो अभिव्यक्ति पोखे।









