नयाँ दिल्ली: भारतको मिजोराम राज्यकी सम्माननीय वरिष्ठ भारतीय विदेश सेवा (आईएफएस) अधिकृत सुश्री मुआनपुई सैयावीलाई न्युजिल्यान्डका लागि भारतको नयाँ उच्चायुक्त (हाई कमिश्नर) का रूपमा नियुक्त गरिएको छ।
विदेश मन्त्रालय (मिनिस्ट्री ऑफ़ एक्सटर्नल अफेयर्स) द्वारा जारी आधिकारिक विज्ञप्तिअनुसार, सन् २००५ ब्याचकी आईएफएस अधिकृत सुश्री सैयावी हालसम्म विदेश मन्त्रालयमा संयुक्त सचिवको रूपमा कार्यरत रहँदै आएकी छन। उनले आफ्नो लामो कूटनीतिक सेवा यात्रामा विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय जिम्मेवारीहरू कुशलतापूर्वक सम्हाल्दै, भारतको विदेश नीतिलाई सुदृढ बनाउने कार्यमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ।
उनको यो प्रतिष्ठित नियुक्तिले
भारत–न्युजिल्यान्डबीचको कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। विशेषगरी व्यापार, शिक्षा, जलवायु परिवर्तनसम्बन्धी सहकार्य तथा जनस्तर–जनस्तरबीचको आपसी सम्बन्ध विस्तारमा उनको नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
सुश्री मुआनपुई सैयावीको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई, उत्तर–पूर्व भारत तथा सम्पूर्ण देशका लागि गर्वको विषय हो। उनको अनुभव, दूरदृष्टि र नेतृत्व क्षमताले अन्तर्राष्ट्रिय मञ्चमा भारतको छवि अझ सशक्त बनाउने छ।








