काठमाडौँ: चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली काठमाडौँ आइपुगेकाे छ। चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ।
जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको बताइएको छ।
झेङ नेपाल मामिलाका जानकार हुन्। उनी नेपाली भाषा पनि राम्ररी बोल्छिन्। विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसकेकी उनी यसपटक भ्रमण टोलीको नेतृत्व गरेर नै आएकी हुन्।











