नेपाल-भारत सीमा बन्द गरिने

IMG-20250716-WA0109

काठमाडौं: भारतको उत्तराखण्ड राज्यमा हुने पञ्चायत चुनावलाई ध्यानमा राख्दै बैतडी र दार्चुलाको नेपाल-भारत सीमा बन्द गरिने भएको छ। उत्तराखण्डमा जुलाई २४ र २८ मा पञ्चायत चुनाव हुँदैछ। चुनावलाई ध्यानमा राख्दै बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भारतसँगको सीमा नाका बन्द गर्ने निर्णय गरिएको बताए।
उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ देखि २४ तारिख बिहानसम्म बन्द रहनेछ। त्यस्तै बैतडीको झुलाघाट नाका जुलाई २५ देखि जुलाई २८ सम्म बन्द रहनेछ। यस अवधिमा सीमा खोल्न तत्काल आवश्यक परेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने पनि भनिएको छ।

About Author

Advertisement