भैरहवा: रुपन्देही जिल्लाको भैरहवास्थित लुम्बिनी गेट नजिकै नेकपा बहुमत ले आह्वान गरेको नेपाल बन्दका क्रममा फेला परेको शंकास्पद वस्तु नेपाली सेना को टोलीले डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखिएको खुलेको रुपन्देही जिल्ला प्रहरी कार्यालय ले जनाएको छ, बोरा भित्र राखिएको र बाहिर ‘नेपाल बन्द सफल पारौँ’ लेखिएको उक्त वस्तु देखिएपछि केही समय सो सडकखण्डमा सवारी आवागमन रोकिएको थियो भने मार्च ५को चुनाव बहिष्कारको आह्वानसहित गरिएको बन्दका कारण जिल्लाका शिक्षण संस्था बन्द र सवारी साधन ठप्प रहेका छन्।










