नेपाल निर्वाचन: मतगणनामा रास्वपा ७० स्थानमा अगाडि

IMG-20260306-WA0065

नेत्र विक्रम बिमली

झापा: निर्वाचन आयोग नेपाल का अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ७० निर्वाचन क्षेत्रमा अगाडि रहेको छ।
आयोगका अनुसार मतगणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी छ/छ स्थानमा अगाडि छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी एक/एक स्थानमा अगाडि छन्। एक स्वतन्त्र उम्मेदवार पनि एक स्थानमा अग्रता कायम गरेका छन्।
हालसम्म दुई जना उम्मेदवार विजयी भइसकेका छन्। रञ्जु दर्शना ले काठमाडौँ क्षेत्र नं १ बाट १५ हजार ४५५ मतसहित जित हासिल गरेकी छन्। त्यस्तै योगेश गौचन थकाली ले मुस्ताङ बाट तीन हजार ३०७ मतसहित विजय हासिल गरेका छन्।
मतगणना प्रक्रिया अझै जारी रहेको छ र अन्तिम परिणाम आउन केही समय लाग्ने अनुमान गरिएको छ।

About Author

Advertisement