नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने सम्भावना प्रबल – प्रचण्ड

Prachanda

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने सम्भावना प्रबल रहेको बताएका छन् ।

आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दे संयोजक प्रचण्डले यस्तो बताएका हुन् । उनले नेकपामा २० दललाई समेटेर बृहत पार्टी निर्माण गरेपछि लोकप्रियता चुलिँदै गएकाले पहिलो पार्टी बन्ने प्रबल सम्भावना रहेको बताए ।

उनले भने,‘हामीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेर सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोट गरेका छौं । ’

दाहालले गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले जित्ने करिब–करिब निश्चित जस्तै भएको बताए । भट्टराईले आफनो पार्टीलाई समर्थन गर्ने उनको दाबी छ ।

About Author

Advertisement