कोलकाता: मुख्यमन्त्री ममता बनर्जीले एकपटक फेरि केन्द्र सरकारसँग नेताजीको रहस्यमय अन्तर्धानसँग सम्बन्धित सबै गोप्य दस्तावेजहरू सार्वजनिक (डिक्लासिफाइ) गर्न अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो— स्वतन्त्रता प्राप्त गरेको यति धेरै वर्ष बितिसक्दा पनि सन् १९४५ पछि नेताजीसँग के भयो भन्ने कुरा आजसम्म रहस्यमै रहनु अत्यन्त दुर्भाग्यपूर्ण हो।
उहाँले यो विषय केवल बंगालको मात्र नभई सम्पूर्ण देशका लागि गहिरो पीडाको विषय भएको बताउनुभयो। मुख्यमन्त्रीले राज्य सरकारले नेताजीसँग सम्बन्धित सबै फाइलहरू पहिले नै सार्वजनिक गरिसकेको र अब केन्द्र सरकारको जिम्मेवारी आफ्ना पासमा रहेका सबै दस्तावेजहरू जनताको सामु ल्याउनु रहेको स्पष्ट गर्नुभयो।
साथै, २३ जनवरीलाई अहिलेसम्म राष्ट्रिय अवकाश घोषणा नगरिएको विषयमा उहाँले भन्नुभयो, ‘नेताजीको जन्मदिनलाई अझैसम्म राष्ट्रिय अवकाशको रूपमा मान्यता नदिइनु हाम्रो दुर्भाग्य हो। उहाँले नेताजीको पुण्यतिथिसम्बन्धी यथार्थ जानकारीसमेत हामीसँग नहुनु दुःखद भएको उल्लेख गर्नुभयो।










