निसान मोटरले सार्वजनिक गर्‍यो अल न्यू ‘ग्रेबाइट’

IMG-20260221-WA0016

नयाँ दिल्ली: निसान मोटर इण्डिया प्राइभेट लिमिटेडले भारतीय बजारमा आफ्नो नयाँ ७ सीटर एमपीभी ‘अल न्यू निसान ग्रेबाइट’ लाई ५.६५ लाख रुपैयाँ (एक्स शोरुम) को आकर्षक प्रारम्भिक मूल्यमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले जनाएको छ कि भारतमा यसको “बोल्ड इन्डिया रीसर्जेस” रणनीतिअन्तर्गत यो उत्पादन विस्तार कार्यक्रमको पहिलो ठूलो कदम हो।
भारतीय परिवारहरूको आवश्यकताबाट प्रेरित:
निसानका अनुसार आधुनिक भारतीय परिवारहरूको बदलिँदो यात्राको आवश्यकतालाई ध्यानमा राखेर यो नयाँ मोडेल तयार गरिएको हो। २ देखि ७ सिटसम्मको लचिलो विन्यास, परिवर्तन गर्न मिल्ने सिट व्यवस्था र विशाल सामान राख्ने क्षमतासहित यसलाई आफ्नो श्रेणीमा “उत्कृष्ट बहुउपयोगिता” प्रदान गर्ने गरी डिजाइन गरिएको बताइएको छ।
सुरक्षालाई उच्च प्राथमिकता:
अल न्यू ग्रेबाइटमा ३० भन्दा बढी मानक सुरक्षा सुविधाहरू समावेश छन्। यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ट्र्याक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट र ब्रेक असिस्ट जस्ता सुविधाहरू रहेका छन्। कम्पनीले सुरक्षालाई यस मोडेलको प्रमुख प्राथमिकता बनाइएको दाबी गरेको छ।
आकर्षक डिजाइन र विशिष्ट शैली:
निसानको सिग्नेचर डिजाइन भाषामा ग्रेबाइटलाई मजबुत र उद्देश्यपूर्ण स्वरूप दिइएको छ। दमदार बडी लाइन, आकर्षक ह्विल आर्च र उच्च ग्राउन्ड क्लियरेन्सले यसलाई भारतीय सडकहरूको विविध अवस्थाअनुसार उपयुक्त बनाउँछ।
पाँच आकर्षक रङ विकल्प:
यो मोडेल फरेस्ट ग्रीन, ओनिक्स ब्ल्याक, ब्लेड सिल्भर, स्टर्म ह्वाइट र मेटालिक ग्रे गरी पाँच रङमा उपलब्ध हुनेछ। साथै, सीमित संस्करणको लञ्च मोडेलमा थप उन्नत प्रविधि र सुविधाहरू समावेश गरिनेछ।
चेन्नईमा स्वदेशी उत्पादन:
कम्पनीले जनाएको छ कि यस मोडेलको उत्पादन चेन्नईस्थित यसको प्लान्टमा गरिनेछ, जसले भारतमा यसको दीर्घकालीन लगानी र प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ। ग्राहकसम्म पहुँच विस्तार गर्न निसानले आफ्ना डिलर नेटवर्कलाई पनि विशेषगरी प्रथम र द्वितीय श्रेणीका सहरहरूमा विस्तार गर्दैछ।
कम्पनीको प्रतिक्रिया:
निसान र इन्फिनिटी डिभिजनका डिभिजनल भाइस प्रेसिडेन्ट तथा भारतका अध्यक्ष चियारी सबानले भारत निसानको विश्वव्यापी रणनीतिमा महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै यस लञ्चले देशमा कम्पनीको नयाँ विकास चरणको सुरुआत गर्ने बताए।
त्यसैगरी, निसान मोटर इन्डियाका प्रबन्ध निर्देशक सौरभ वत्सले ग्रेबाइट भारतीय परिवारहरूको आकांक्षा र विविधताबाट प्रेरित भएको बताए। उनले यसलाई केवल एक उत्पादन मात्र नभई भारतमा दीर्घकालीन लगानी र नवप्रवर्तनप्रतिको कम्पनीको प्रतिबद्धताको प्रतीकका रूपमा वर्णन गरे।

About Author

Advertisement