निर्माणाधीन परियोजनाको प्रगतिबारे सांसद विष्टद्वारा अवलोकन

FB_IMG_1771088887099

सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले दार्जिलिङ मोडमा निर्माणाधीन रेल ओभर ब्रिज तथा सेभोक–बालासन एलिभेटेड हाईवे करिडोर परियोजनाको प्रगतिबारे अवलोकन गरे।
सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै विष्टले दार्जिलिङ मोडमा दार्जिलिङ, बागडोग्रा र कालिम्पोङ र सिक्किमतर्फबाट आउने सवारी साधनको निर्बाध आवागमन सुनिश्चित गर्न दुई तहको उचाइ संरचना (टियर–१ र टियर–२) निर्माण भइरहेको र यी एलिभेटेड संरचनाले दार्जिलिङ र बागडोग्राबाट सलुगारा तथा सिलीगुडी सहरतर्फ जाने सवारी साधनलाई सहज र अविरल मार्ग प्रदान गर्ने बताए। साथै दार्जिलिङ मोडमा देखिँदै आएको ट्राफिक जामको समस्या आगामी ४५ दिनभित्र एक तह र पहुँच मार्ग (एप्रोच रोड) सम्पन्न भएपछि उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ भने।
सांसद विष्टले सम्पूर्ण परियोजना मार्च २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र दार्जिलिङ मोड खण्डको एक भाग आगामी दुई महिनाभित्र सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ भने।
यसैगरी संजालमा उनले परियोजना सम्पन्न भएपछि यस क्षेत्रको यातायात प्रणालीमा उल्लेखनीय परिवर्तन आउने र यसले दीर्घकालीन रूपमा सहज कनेक्टिभिटी र प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्दै क्षेत्रलाई भविष्यका लागि तयार बनाउनेछ भने।
अन्तमा सांसदले यस परियोजनामा सार्वजनिक असुविधा न्यून गर्दै निरन्तर प्रगति गरिरहेका एनएचपीडब्ल्यूडीका सम्पूर्ण टोली र श्रमिकहरूलाई हार्दिक बधाई तथा कृतज्ञता व्यक्त गरे।

About Author

Advertisement