निर्देशक लामाले फिल्म ‘तथास्तु’ बनाउँदै

IMG-20250626-WA0099

कोलकता: निर्देशक अरुण लामाले ‘तथास्तु’ नामको नयाँ फिल्म बनाउने घोषणा गरेका छन्।
सन् २०२७ मा रिलिज हुने लक्ष्य राखिएको यो फिल्म नेपाली र हिन्दी भाषामा बन्नेछ।
फिल्ममा नयाँ पुस्ताका कलाकार र भारतीय कलाकारहरूको अभिनय रहनेछ, छायांकन नेपाल र भारतमा हुनेछ।
‘डोरी’ का निर्देशक अरुण लामाले ‘तथास्तु’ नामबाट फिल्म बनाउने भएका छन्। फिल्मको एक पोस्टर सार्वजनिक गर्दै उनले फिल्म घोषणा गरेका हुन्। सन् २०२७ मा रिलिज लक्ष्य राखिएको फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गर्ने उद्देश्य उनले लिएका छन्।
एजी.सेभेन प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरूलाई मुख्य भूमिकामा लिइने निर्देशक लामाले बताए। उनका अनुसार फिल्ममा भारतीय कलाकारहरूको पनि अभिनय रहनेछ।
फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ। आध्यात्मिक यात्रा, अन्तर्द्वन्द्व र सामाजिक यथार्थबिचको फिल्ममा भगवान् र मानिसहरूको लोकबिचको कथा समेटिने बताइएको छ। दुई चरणमा छायाङ्कन गर्न लागिएको फिल्मलाई अर्को वर्ष (२०२६) को मध्यमा प्रदर्शन गर्ने तयारी गरिएको छ।

About Author

Advertisement