नयाँ दिल्ली: अमेरिकी अन्तरिक्ष एजेन्सी नासा को मून मिशन आर्टेमिस-II मा चार सदस्यीय टोलीमा ४७ वर्षीया अन्तरिक्ष यात्री क्रिस्टीना कोच सामेल भएकी छन्। उनी चन्द्रमाको कक्षासम्म पुग्ने पहिलो महिला बन्ने तयारीमा छिन्।
क्रिस्टिना कोचले २०१९–२० मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन बिताएर महिलाद्वारा गरिएको सबैभन्दा लामो अन्तरिक्ष यात्रा (उडानदेखि अवतरणसम्म) को कीर्तिमान बनाएकी थिइन्।
उनको अन्तरिक्ष यात्रासम्मको बाटो सजिलो थिएन। मिशिगनकी कोचले २०११ मा पहिलो पटक नासामा आवेदन दिँदा असफलता भोग्नुपरेको थियो। तर उनले हार मानेनन् र चार वर्षसम्म आफ्नो सीप सुधार्दै विभिन्न कठिन इन्जिनियरिङ कार्यहरूमा अनुभव बटुलिन्। २०१३ मा पुनः अवसर पाएपछि करिब ६ हजार आवेदकमध्ये छनोट भएका ८ जनाको टोलीमा स्थान बनाउन सफल भइन्।
नासामा आउनुअघि उनले अण्टार्कटिकाको अमुन्डसेन–स्कट साउथ पोल स्टेशनमा करिब तीन वर्ष काम गरेकी थिइन्। अत्यन्त कठोर चिसो र महिनौँसम्म सूर्य नदेखिने वातावरणमा काम गरेर उनले मानसिक दृढता र सहनशीलता विकास गरिन्, जुन पछि अन्तरिक्ष मिसनमा उपयोगी भयो।
एक पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पावर सिस्टमको चार्जिङ युनिट बिग्रिएपछि क्रिस्टिना कोच र उनकी सहकर्मी जेसिका मीरले मिलेर बाहिर निस्केर मर्मत कार्य गरेकी थिइन्। करिब ७ घण्टा चलेको यो अभियान महिलाद्वारा गरिएको पहिलो पूर्ण स्पेसवाक मानिन्छ।










